बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

ओली बयलगाडाका प्रवर्द्धक हुन् : अध्यक्ष नेपाल

आइतबार, २५ वैशाख २०७९, १३ : ५०
आइतबार, २५ वैशाख २०७९

नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा(एमाले) का अध्यक्ष  केपी ओलीलाई बयलगाढाको प्रवर्द्धक रहेको बताएका छन् । गठबन्धन दलले पोखरामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेपालले ओलीलाई प्रतिगामी गठबन्धनको नेतृत्व गरेको भन्दै अहिले देशमा अग्रगामी र प्रतिगामी गठबन्धनको बीचमा प्रतिस्पर्धा रहेको बताए ।  

भाषणको अधिकांश समय ओलीको आलोचनामा बिताएका नेपालले देशभर स्थानीय तहको निर्वाचनमा ओलीले हार बेहोर्ने दाबी गरे । उनले  नेकपा (एमाले) निर्माणका लागि ओलीको कुनै भूमिका नरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप