चोरी गरेको आरोपमा बालाजुबाट २ जना पक्राउ
आइतबार, २५ वैशाख २०७९, १३ : ४५

चोरी आरोपमा प्रहरीले काठमाडौंको बालाजुबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–४ घर भएका ३० वर्षीय सूर्य पुतुवार र धादिङको गंगाजमुना गाउँपालिका–३ घर भएका १८ वर्षीय मनोज थापा छन् ।
उनीहरुले ३ महिनाअघि माछापोखरीको एउटा घरबाट ल्यापटप, मोवाइल र नगद चोरेका थिए । आरोपीहरुले चोरेको सामान प्रहरीले बरामद गरेको छ । उनीहरुको साथबाट चोरीका इलेक्ट्रिक सामान फेला परेको हुनाले मोवाइल, ल्यापटप र क्यामरा हराउनेहरूले प्रहरी वृत बालाजुमा सम्पर्क गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले आग्रह गरेको छ ।
आरोपीहरुमाथि चोरी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्विस फ्र्याङ्क र दिराम, दिनार तथा रियालको मूल्य ?
-
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
-
पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने