मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

नेप्से परिसूचक २२०० अंकको बिन्दुतर्फ

आइतबार, २५ वैशाख २०७९, १२ : ५८
आइतबार, २५ वैशाख २०७९

घट्दो क्रममा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२ सय अंकको बिन्दु नजिक आइपुगेको छ । पछिल्लो समय निरन्तर घटिरहेको नेप्से परिसूचक साढे १२ बजेसम्ममा ३२ अंकले घट्दै २२०५ अंकमा आइपुगेको हो ।

आज साताको पहिलो कारोबार दिन पनि सेयर बजारको ओरालो यात्रा कायम देखिएको छ । यतिबेलासम्म ३२ अंकले घटेर परिसूचक २२०५ अंकमा आइपुग्दा ४४ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

यस्तै, अहिलेसम्म १० लाख ६२ हजार कित्ता सेयर किनबेच भइसकेको छ । यसअघि, बढेर ३२ अंक नजिक पुगेको परिसूचक निरन्तर घटिरहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप