बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

लागुऔषध नियन्त्रण ब्यूरो डेढ महिनादेखि नेतृत्वविहीन

आइतबार, २५ वैशाख २०७९, १२ : २४
आइतबार, २५ वैशाख २०७९

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो लागुऔषधको कारोबार र सेवन नियन्त्रणमा महत्वपुर्ण युनिट मानिन्छ । देशभर लागुऔषधको ओसारपसार र बेचविखन दैनिक बढिरहेको तथ्यांकबाट देखिन्छ । तर, केन्द्रिय अनुसन्धान ब्यूरो मातहत रहेको सो ब्यूरो करिब डेढ महिनादेखि नेतृत्व बिहिन छ ।

ब्यूरोमा कार्यरत प्रहरी वरिष्ठ उपरिक्षक  (एसएसपी) हृदय थापा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका छन् । २०७८ चैत १५ मा उनि अवकाशमा गएका थिए । त्यसपछि ब्यूरोको कमाण्ड प्रहरी उपरिक्षक जिवन श्रेष्ठले गरिरहेका छन् । हृदय थापा अवकाशमा गएको करिब डेढ महिना भैसकेको छ । तर, गृह मन्त्रालयले सो युनिटको प्रमुखमा कसैलाई पठाएको छैन् । 

लागू औषध नियन्त्रण ब्यूरोमा कुनै बेला प्रहरी नायव महानिरीक्षक (डीआईजी)ले कमाण्ड गरेका थिए । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले डीआईजीको दरबन्दी कटौती गरेर ब्यूरोमा एसएसपीलाई प्रमुखको जिम्मेवारी दिएको थियो ।

प्रहरी नियमावली अनुसार एसएसपी सरुवाको अधिकार गृह मन्त्रालयलाई छ । मन्त्रालयले डेढ महिनादेखि ब्यूरोमा एसएसपी खटाउन सकेको छैन् । ब्यूरोमा जान कसैले चासो समेत नदेखाएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप