पत्रकारलाई ओलीको जवाफ : असार १७ गते के हुन्छ ज्योतिषीलाई सोध्नुस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले चाहे वर्तमान सत्ता गठबन्धन ढल्न एकहप्ता पनि नलाग्ने बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै ओलीले यस्तो बताएका हुन् ।
‘हामीले चाह्यौ भने गठबन्धन ढल्न एक हप्ता पनि लाग्दैन । एक हप्तामा त ढल्छ ढल्छ’, ओलीको भनाइ छ । उनले वैशाख ३० मा गठबन्धनको ढाड भाँचिने पनि बताए । साथै उनले यो कुरा आफुले नभनेर ज्योतिषीहरूले नै घोषणा गरेको बताए ।
‘मैले भनेको मेरो कुरा होइन, मैले ज्योतिषीहरूले भनेको कुरा गरेको हुँ’, ओलीले ग्रह दशा हेर्ने र राजनीति हेर्ने दुइथरी ज्योतिषी हुने भन्दै भने, ‘अहिले दुवै प्रकारका ज्योतिषीहरू गठबन्धनका अगाडी महासंकट उत्पन्न हुँदैछ भन्छन् ।’ उनले नभए प्रधानमन्त्रीको आफ्ना ज्योतिषीहरूलाई सोध्न पनि आग्रह गरे । ‘ज्योतिषीहरूको भनाइ सबैभन्दा ठुलो खड्को वैशाख ३० हुन्छ भन्ने छ । हुनसम्म हुन्छ, ढाडै भाच्चिनेगरी । कस्तो दिन छानेर उहाँहरुले राख्नुभएछ ?’, ओलीले प्रश्न गरे । यसअघि अध्यक्ष ओलीले असार १७ गते गठबन्धनबारे टिप्पणी गरेका थिए । तर पत्रकार सम्मेलनमा ओलीलाई असार १७ गते के हुन्छ ? भनेर प्रश्न गर्दा उनले भने, ‘त्यो ज्योतिषीलाई सोध्नुस् ।’
गठबन्धनको हर्ताकर्ता भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनका मतदातालाई तर्साएर हप्काएर यसरी भोट मागेको भन्दै उक्त घट्ना अत्यन्तै गलत, हानिकारक र अराजनीतिक भएको बताए । ओलीले पत्रकार सम्मेलनको अधिकांश समय काँग्रेसको आलोचनामा खर्चिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण