‘लाइफ इन एलए’ को यस्तो छ नयाँ गीत ‘उदाएर आयौ तिमी’
सुर्य एन श्रेष्ठ निर्देशित फिल्म ‘लाइफ इन एलए’ को ‘उदाएर आयौ तिमी’ बोलको गीत सार्वजनिक भएको छ । जेष्ठ ६ प्रदर्शन मिति तोकिएको फिल्मको गीतमा फिल्मका मुख्य कलाकार ब्यास विस्सु र अकेशा विष्टको अभिनय छ ।
प्रविसा अधिकारी र प्रताप दासको स्वर रहेको गीतमा प्रतिक पौडेलको संगीत छ ।
त्रिकोणात्मक प्रेमकथा ‘लाइफ इन एलए’ मा ब्यास विस्सु, आकेशा विस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, निलम चन्द, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड विलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ ।
एलिस कार्की र प्रतीक पौडेलको संगीत रहेको फिल्म व्यास इन्टरटेनमेन्टको प्रस्तुति ब्यास विस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको फिल्मका दीपक वली एसोसिएट निर्देशक रहेका छन् ।
भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण