शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु

आइतबार, २५ वैशाख २०७९, ११ : ३५
आइतबार, २५ वैशाख २०७९

देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । शनिबार राती सुनसरी, दाङ र चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो ।  सुनसरीको कोशी गाउँपालिका–३ जमुवामा गएराती बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा अन्दाजी २६ वर्षीय पुरुष रहेका छन् । उनको पहिचान खुलेको छैन । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।  ना ४ ख ६८ ४० नम्बरको बसले को ५ प ४० ०४ नम्बरको मोटरसाइकललाई गएराती साढे १० बजे ठक्कर दिएको थियो । 

दुबै सवारी साधन नियन्त्रणमा लिएको र बस चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ । त्यस्तै चितवनको भरतपुर महानगरपालिका–१० मा गएराती सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय दिपक सुनार रहेका छन् । गएराती साढे ११ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका सुनारको उपचारको क्रममा मृत्यु भएको हो । 

सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उता दाङको घोराही उपमहानगरपालिका–११ भाइरल रोडमा गएराती मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लमही नगरपालिका ९ रिहारका २४ वर्षीय सुनिल चौधरी रहेका छन् । 

रा २ प ६५ ३४ नम्बरको मोटरसाइकल गएराती १२ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा रातीनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप