बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

अमेरिका : गर्भपतनको अधिकार खोसिने आशंकाबीच थुप्रै शहरमा प्रदर्शन

आइतबार, २५ वैशाख २०७९, १० : २८
आइतबार, २५ वैशाख २०७९

गर्भपतनको अधिकारलाई कायम राख्न अमेरिकाका धेरै सहरमा शनिबार व्यापक प्रदर्शन भएको छ । गर्भपतनको अधिकारका समर्थक आगामी केही हप्तामा सर्वोच्च अदालतको आगामी निर्णयमा आफ्नो ऐक्यबद्धता देखाउन भेला भएका हुन् ।

पीटीआईका अनुसार शिकागो, एटलान्टा, ह्युस्टन र अन्य शहरहरूमा शनिबारको र्यालीमा सहभागीहरूले भविष्यमा यो अधिकारलाई कानुनी रूपमा कायम राख्न संघर्ष गर्ने दृढता व्यक्त गरे ।

यसै साता सर्वोच्च अदालतको धारणा चुहावटका कारण यी विरोध प्रदर्शन भइरहेका छन् । पोलिटिको डटकम नामको वेबसाइटले जारी गरेको रिपोर्ट अनुसार सर्वोच्च अदालतले सन् १९७३ को ‘रो भर्सेस वेड’ अन्तर्गत दिएको निर्णयलाई उल्टाउन सुझाव दिएको छ ।

यद्यपि यो एक लिक भएको धारणा मात्र हो । अदालतको अन्तिम निर्णय आउन बाँकी छ । सर्वोच्च अदालतले करिब छ वर्ष पुरानो फैसला उल्टाएमा राज्यहरूले चाहेमा गर्भपतनमा प्रतिबन्ध लगाउन सक्नेछन् ।

तर महिला अधिकारका लागि काम गर्नेहरु र महिला आफैँ सर्वोच्च अदालतको कथित धारणा सार्वजनिक भएपछि विरोधमा जुटेका छन् । बच्चा कहिले जन्माउने भन्ने कुरामा महिलालाई स्वतन्त्रता दिनुपर्ने उनीहरुको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप