चितवनमा युवा संघका अगुवा कार्यकर्तामाथि हतियार प्रहार, हेलिकप्टरबाट काठमाडौं ल्याइयो
आइतबार, २५ वैशाख २०७९, १० : २७

चितवनको खैरहनीमा युवा संघका अगुवा कार्यकर्तामाथि धारिलो हतियार प्रहार गरिएको छ । हतियार प्रहारबाट खैरहनी–८ घर भएका युवा संघका अगुवा कार्यकर्ता कुमार थापा घाइते भएका छन् । उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
आक्रमणमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम सार्वजनिक गरिएको छैन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार व्यक्तिगत दुश्मनीको आधारमा धारिलो हतियार प्रहार भएको थाहा भएको छ । हतियार प्रहारबाट थापाको टाउको, हात र खुट्टामा चोट लागेको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म