एन्फा कार्यसमिति बैठक आज, प्रशिक्षक–खेलाडी विवादको विषयमा छलफल हुने
आइतबार, २५ वैशाख २०७९, ०९ : १७

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा एन्फा कार्यसमिति बैठक आज (आइतबार) बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो २ बजे कार्यसमिति बैठक बस्ने अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले रातोपाटीलाई जानकारी दिए ।
मुख्य प्रशिक्षक अल्मुताइरीसँग आधारभूत आवश्यकताको विषयमा कुरा उठाउँदा खेलाडीसँग खटपट भएको भन्दै १० खेलाडीले प्रशिक्षण छोडेका थिए । त्यसपछि खेलाडीहरूले एन्फालाई छानबिनका लागि आग्रह गरेका थिए । उक्त छानबिन र विवादको विषयमा आज कार्यसमिति बैठक बस्न लागेको हो ।
यो पनि