शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नान्टेजलाई २२ वर्षपछि फ्रेन्च कपको उपाधि

आइतबार, २५ वैशाख २०७९, ०९ : ०५
आइतबार, २५ वैशाख २०७९

नान्टेजले २२ वर्षपछि फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा निसलाई १–० गोल अन्तरले हराउँदै नान्टेसले उपाधि रक्षा गर्यो ।​ नान्टेजले अन्तिम पटक सन् २००० मा फ्रेन्च कपको उपाधि जितेको थियो । नान्टेसलाई जित दिलाउन लुडोभिच ब्लासले निर्णायक गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको नान्टेजले दोस्रो हाफमा गोल गर्न सफल भयो । खेलको ४७ औं मिनेटमा ब्लासले पेनाल्टीबाट गोल गर्दै टिमलाई उपाधि दिलाए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप