शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सच्चा कम्युनिस्टले काँग्रेसलाई भोट हाल्दैनन् : भीम रावल

आइतबार, २५ वैशाख २०७९, ०८ : १९
आइतबार, २५ वैशाख २०७९

नेकपा (एमाले) नेता भीम रावलले सच्चा कम्युनिस्टले काँग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन् । स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिस्ट पार्टी भन्‍ने अनि दक्षिणपन्थी भन्दै आएको काँग्रेससँग कुन आधारमा एकता भएको भनेर प्रश्न गरे ।

उनले सत्ता स्वार्थका लागि काँग्रेससँग कार्यगत एकता गर्नु जनतामाथिको धोका भएको उनले जिकिर गरे । सच्चा कम्युनिस्ट पार्टीले काँग्रेसलाई भोट हाल्न नसक्ने उनको भनाइ छ । रावलले एमालेबाट बनेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्‍न आग्रह गरे । एमालेका उम्मेदवार विजयी भए मात्रै देशमा विकास निमार्णका कार्यले तीव्रता पाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप