शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा नेपालबाट अध्यक्षका उम्मेदवार नै एमालेमा प्रवेश

आइतबार, २५ वैशाख २०७९, ०८ : ००
आइतबार, २५ वैशाख २०७९

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्षका उम्मेदवार नै एमालेका प्रवेश गरेका छन् । चुनाव हुने मिति नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेदवार गंगाबहादुर बिक एमालेका प्रवेश गरेका हुन् ।

एमाले चौकुने गाउँ कमिटीले शनिबार बेतानमा आयोजना गरेको बृहत चुनावी भेलामा उनले राप्रपा नेपाल परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका थिए । उनले एमालेबाट चौकुने गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद अधिकारीलाई समर्थन गर्दै एमालेका समाहित भएको हुन् । उनले एमालेको सिद्धान्त, विचारबाट प्रभावित भएर पार्टी प्रवेश गरेको उल्लेख गरेका छन् ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप