मतदान अधिकृतर र सहायक मतदान अधिकृतलाई तालिम
आसन्न स्थानीय तहको निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ । जिल्लाका १६७ मतदानस्थल गरी ४०४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको हो । जिल्लामा १६७ मतदानस्थलको ४०४ मतदान केन्द्रमा खटिएका ती अधिकृतलाई दुई दिनसम्म तालिम दिएको जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिए ।
तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ । उनीहरूलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकार क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकालगायत विषयमा तालिम दिइएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए ।
पर्सामा एक लाख ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र १६ अन्य गरी कूल तीन लाख ३९ हजार ८३६ मतदाता छन् । मतदान र सहायक मतदान अधिकृतको नियुक्तिसँगै मतदानस्थल, निर्वाचन अधिकृतको कार्यालय र अन्य सुरक्षा व्यवस्थालाई चुस्त पारिएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूषण र शान्तिश्रीको ‘माया बराबर’मा लक्ष्मी र जीवनको अभिनय
-
वर्षाले बिथोल्यो तेस्रो दिनको खेल, भारतले गुमायो सस्तैमा चार विकेट
-
रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन बुझाइयो
-
द्विविधामा कमला ह्यारिस : क्यालिफोर्नियाको गभर्नरमा उम्मेदवारी दिने कि राष्ट्रपतिको प्राइमरीमा ?
-
चन्द्रागिरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
-
१ सय २६ केजी गाँजासहित दुई जना पक्राउ