आईपीएल २०२२ मा लखनउको सबैभन्दा ठूलो जीत
आईपीएलमा कोलकाता नाइट राइडर्सलाई ७५ रनले पराजित गर्दै लखनउ सुपर जाइन्ट्स अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । यो आईपीएल २०२२ मा रनको अन्तरले सबैभन्दा ठूलो जीत हो।
पहिले ब्याटिङ गर्दै लखनउ सुपर जाइन्ट्सले कोलकाता नाइट राइडर्सलाई जितका लागि १७८ रनको लक्ष्य दिएको थियो । जवाफमा कोलकाताको सम्पूर्ण टिम १०१ रन बनाएर आउट भयो । १७८ रनको लक्ष्य पछ्याएको कोलकाताको टोलीले २५ रन बनाउँदासम्म कप्तान श्रेयस अय्यर (६ रन) सहित सुरुका चार खेलाडी पभिलियन फर्किसकेका थिए ।
ओपनर बाबा इन्दरजित खाता नखोलेर आउट भए, त्यसपछि आरोन फिन्चले १४ रन बनाए । नितिश राणाले पनि दुई रन मात्र बनाउन सके । यसपछि आन्द्रे रसेल पिचमा आए र उनले निकै छिटो रन बनाउन थाले । १९ बलमा ४५ रन बनाएर रसेल आउट भएपछि कोलकाताको पूरा टिम १०१ रनमा आउट भएको थियो । योसँगै कोलकाताले आईपीएल २०२२ मा सातौं पटक हार बेहोरेको छ । लखनउको यो आठौं जित हो। योसँगै लखनउ अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
वैदेशिक रोजगार न्यायाधिकरण भक्तपुर सर्दै
-
जब बीबीसीले रोनाल्डोलाई ‘मिस्टियानो पेनाल्डो’ भन्यो
-
रास्वपा बैठकमा महामन्त्री ढकाललाई प्रतिवेदन पेस गर्न सभापति लामिछानेको रोक
-
नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह
-
‘संविधानले दिएको विशेषाधिकार नबुझी कांग्रेस–एमालेले प्रधानमन्त्रीमाथि नैतिक प्रश्न उठाए’