आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

लिभरपुलको उपाधि होडमा धक्का

आइतबार, २५ वैशाख २०७९, ०५ : ५०
आइतबार, २५ वैशाख २०७९

टोटनहम हटस्पर्ससँग बराबरीमा रोकिएसँगै लिभरपुलको उपाधि होडमा ठूलो धक्का लागेको छ । बराबरीपछि लिभरपुल गोल अन्तरको आधारमा लिगको शीर्ष स्थानमा उक्लिएको छ । तर, एक खेल कम खेलेको सिटीले आइतबार न्युक्यासललाई हराए शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन सक्नेछ ।

शनिबार भएको खेलको ५६ औँ मिनेटमा सन हिउङ मिनले गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए । तर ७४ औँ मिनेटमा लुइस डियाजले बराबरी गोल फर्काए । लिभरपुलले प्रिमियर लिगमा आफ्नो अपराजित यात्राको रेकर्ड भने कायम राखेको छ । लिभरपुल पछिल्ला १६ खेलमा अपराजित रहेको छ जसमा टोलीले १३ जीत र ३ बराबरी खेलेको छ । ३५ खेलपछि लिभरपुलको ८३ अंक रहेको छ भने एक खेल कम खेलेको सिटीको समान अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप