शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

डोटीमा जीप दुर्घटना : दुई जना घाइते, एकको अवस्था गम्भीर

शनिबार, २४ वैशाख २०७९, २२ : ०४
शनिबार, २४ वैशाख २०७९

डोटीमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आदर्श गाउँपालिकाबाट दिपायलतर्फ आइरहेको शिलेश्वरी यातायातको से १ ज ७८५ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दिपायल सिलगढी नगरपालिका १ तिखाको माथिल्लो मोडमा शनिबार साँझ टिपरलाई साइड दिने क्रममा जीप दुर्घटना भएको हो ।

दुर्घटनामा २५ वर्षीय चालक रमेश दास सामान्य घाइते भएका छन् । जीपमा सवार आदर्श गाउँपालिका–२ भाडीकोटका २४ वर्षीय डिलबहादुर थापा गम्भीर घाइते भएका छन् । घाइते थापाको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जीप पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप