कामिरीताले तोडे आफ्नै रेकर्ड, २६ औं पटक सगरमाथाको सफल आरोहण
शनिबार, २४ वैशाख २०७९, २१ : ४४
आरोही कामिरीता शेर्पाले सगरमाथा आरोहणको आफ्नै रेकर्ड तोडेका छन् । उनले शनिबार ८८४८.८६ मिटर अग्लो सगरमाथाको २६ औँ पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।
ट्रेकले भनेको छ, ‘कामिरीता शेर्पाले २६ औं पटक सगरमाथाको सफल आरोहण गरेर अर्को रेकर्ड बनाउनु भएको छ ।’ शेर्पाको टोलीमा उनीसहित अरु १० जना आरोही पनि रहेको जनाइएको छ ।
कामिरिता सेभेन समिट ट्रेकको वरिष्ठ आरोही गाइडका रुपमा कार्यरत छन् । उनले पहिलो पटक मेइ १३, १९९४ मा सगरमाथाको सफल आरोहण गरेका थिए भने केटु, लोत्से, मनास्लु, चोयुलगायतका हिमाल आरोहणको पनि रेकर्ड बनाएका छन् ।
अघिल्लो वर्ष कामिरिताले सगरमाथाको २५ औं आरोहण पुरा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त