बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाँच पत्रकार संगठनको चेतावनी : सानो भुलले देश फेरि द्वन्द्वमा जान सक्छ

शनिबार, २४ वैशाख २०७९, १९ : १६
शनिबार, २४ वैशाख २०७९

पाँच पत्रकार संगठनले सानो भुलले देश फेरि द्वन्द्व र अस्थिरताको भुमरीमा जान सक्ने चेतावनी दिएको छ । संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, प्रेस मञ्च नेपाल र प्रगतिशील पत्रकार संघ, नेपालले स्थानीय तह निर्वाचनमा स्पष्ट रूपमा परिवर्तनका पक्षधर उम्मेदवारलाई मतदान गर्नुपर्ने बताएका हुन् । 

अहिलेको निर्वाचनमा देशमा एउटा वैचारिक गठबन्धन छ र अर्को संविधानको हत्या गर्ने, जननिर्वाचित संस्था संसद्को हत्या गर्ने, सबै परिवर्तनलाई उल्ट्याउने, देशमा निरङ्कुशताको अभ्यास गर्ने र स्थानीय तहलाई अधिकार दिन कन्ज्युस्याई गर्ने निरङ्कुश प्रवृत्ति गरी मुख्य दुई प्रवृत्ति देखिएको उनीहरूको जिकिर छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप