मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गणतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन : उपेन्द्र यादव

शनिबार, २४ वैशाख २०७९, १८ : १०
शनिबार, २४ वैशाख २०७९

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको बताएका छन् । शनिबार जनकपुरमा आयोजित पाँच दलीय गठबन्धनद्वारा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।


वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न समेत अध्यक्ष यादवले अपिल गरे । उनले जनकपुरधाम अझै सुन्दर र व्यवस्थित नगरी बनाउनका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन नगरवासीसँग अपिल गरे ।

त्यस्तै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनकपुरधाममा स्वतन्त्र उम्मेदवारीको भारी रहेकाले गठबन्धनका नेताहरुले सचेत भएर चुनावी प्रचारप्रसारलाई तिव्रता दिनुपर्नेमा जोड दिए । पौडेलले पनि गठबन्धनका उम्मेदवारलाई जिताउन सबैमा अपिल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप