
गठबन्धनका विरुद्ध नबोल्न देउवाको चेतावनी

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका विरुद्धमा बोल्नेलाई कारवाही गर्ने चेतावनी दिएका छन् । शनिबार जनकपुरमा आयोजित ५ दलीय गठबन्धनद्वारा आयोजित सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री देउवाले गठबन्धनको विरुद्धमा बोल्ने र पार्टी बाहिर गएर उम्मेदवारी दिनेहरूका लागि पार्टीमा कुनै स्थान नहुने समेत बताए । उनले भने, ‘लोकतन्त्र संस्थागत गर्नका लागि गरिएको गठबन्धन विरुद्ध बोल्ने वा पार्टी बाहिर गएर उम्मेदवारी दिनु सह्य हुनेछैन ।’
आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नागरिकता समस्या समाधान गर्न आफु गम्भिर रहेको र नागरिकताबाट कोही पनि बञ्चित नरहने आश्वासन दिए । नागरिकता लगायतका समस्या समाधान गर्न र संघीयता संस्थागत गर्न गठबन्धनको आवश्यकता रहेको पनि उनले दावी गरे । उनले भने– ‘प्राप्त अधिकार संस्थागत गर्न र निरंकुश तथा तानाशाह प्रवृत्तिलाई अन्त्य गर्नका लागि गठबन्धनलाई विजयी बनाउनु आवश्यक छ ।’
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ