सोमबार, २१ जेठ २०८१
ताजा लोकप्रिय

प्रचार प्रसारमा अन्य दलको झण्डा प्रयोग नगर्न आयोगको चेतावनी

शनिबार, २४ वैशाख २०७९, १८ : ००
शनिबार, २४ वैशाख २०७९

स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा सम्बन्धित दल तथा सम्बन्धित दलका उम्मेदवार बाहेक अन्य उम्मेदवारहरूले समेत निर्वाचन प्रचार प्रसारको सिलसिलामा अन्य दलको झण्डा प्रयोग गरेको भनी विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत आएको समाचार तथा सो सम्बन्धमा परेको उजुरीको विषयमा निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले प्रचार प्रसारको क्रममा निर्वाचन आचार संहितामा उल्लेख भए भन्दा फरक ढङ्गले झण्डा र चिन्ह प्रयोग गरिएमा वा मतदातालाई भ्रम सिर्जना गर्ने गरी आफू उम्मेदवार भएको दल बाहेक अन्य दलको झण्डा तथा चिन्ह प्रयोग गरिएमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको मानी कानुन बमोजिम कारबाही तथा सजाय हुने आयोगले चेतावनी दिएको हो ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले राजनीतिक दलको झण्डा तथा चिन्ह अरू कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण तथा निर्वाचन आचारसंहिता, २०७८ बमोजिम ३x३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह बाहेक दलको प्रचार प्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने व्यवस्था रहेको हुँदा दलको एउटा झण्डा र एउटा चिन्ह प्रयोग गर्न सकिने भए तापनि अन्य दल तथा उम्मेदवारको झण्डा र चिन्ह प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने आयोगको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप