शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सदन खुल्नासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्छौ : प्रचण्ड

शनिबार, २४ वैशाख २०७९, १७ : ४२
शनिबार, २४ वैशाख २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब सदन खुल्नासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्ने बताएका छन् । पाँच दलीय गठबन्धनद्वारा जनकपुरमा आज अयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

कार्यक्रममा उनले मधेशका धेरैमा मानिस नागरिकतासम्बन्धी समस्याबाट गुज्रिरहेको र उक्त समस्या समाधानको लागि संविधान संशोधनको पक्षमा आफू पनि रहेको बताए । उनले यसअघिको सरकारले नागरिकतासम्बन्धी विधेयक पास गर्न नदिएको पनि बताए ।  

अध्यक्ष प्रचण्डले अब कुनै पनि हालतमा नागरिकताको समस्या समाधान गर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफुहरुले नागरिकताको समस्या समाधान गर्न प्रयास गरेपनि एमालेका कारण समस्या समाधान हुन नसकेको बताए ।

उनले भने, ‘नागरिकताको समस्या समाधान गर्न हामीले छलफल गर्यौ । सर्वोच्च अदालतले सदनबाटै यसलाई लग्न भनेपछि सदनबाट लैजान खोज्दा एमालेले सदन नै चल्न दिएन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप