गृहमन्त्रीसहित उम्मेदवारहरूद्वारा वैद्धिक पूजा
गृहमन्त्री बालकृष्ण खाणले भैरहवाको नारायणस्थान मन्दिरमा आज वैद्धिक परम्पराअनुसार पूजा अर्चना गरेका छन् । गृहमन्त्रीसहित काँग्रेसका तर्फबाट सिद्धार्थनगरका प्रमुखका उम्मेदवार इस्तियाक अहमद खान, माओवादी केन्द्रको तर्फबाट उपप्रमुखका उम्मेदवार कमला थापा लगायतले वैद्धिक परम्पराअनुसार पूजा गर्दै विश्वशान्ति, देश तथा नगरवासीको सुख र समृद्धिको कामना गरे ।
सो अवसरमा गृहमन्त्री खाणले देश विकासका लागि सबै जातजाति, धर्म, संस्कृतिभन्दा माथि उठेर लाग्नुपर्नेमा जोड दिए । उनले सबै जात, जाति, धर्म, संस्कृतिको आफ्नै विशेष खाले परम्परा रहेको उल्लेख गर्दै सबै धर्मावलम्बीले एक अर्काको सम्मान गर्नुपर्ने बताए । धर्म, जातजाति, क्षेत्रीयता, लैङ्गिक, भाषाका आधारमा कसैले राजनीति वा समाजलाई विभाजन गर्न खोज्छ भन्ने त्यसले केही व्यक्तिलाई फाइदा पुर्याए पनि आमनागरिकलाई बेफाइदा पुर्याउने बताए ।
गृहमन्त्री खाणले यस्ताखाले क्रियाकलाप सामाजिक र कानुनी रुपमा बर्जित रहेको बताउँदै कसैले समाज र कानुन विपरीतका गतिविधि गरेमा आमनागरिक बेलैमा सचेत हुनुपर्नेमा जोड दिए । सो अवसरमा नगरप्रमुख पदका उम्मेदवार खानले सबै धर्म, जातजातिप्रति आफ्नो उच्च सम्मान रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या