ad
x

शान्ति प्रक्रिया सुरु भएदेखि नै माओवादीसँग गठबन्धन : रामचन्द्र पौडेल

person explore access_timeबैशाख २४, २०७९ chat_bubble_outline0

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति प्रक्रिया सुरु भएदेखि नै माओवादीसँग गठबन्धन सुरु भएको बताएका छन् । नेपाली काँग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन् । 


नेता पौडेलले नेपाली काँग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले शान्ति सम्झौतामा हस्ताक्षर गर्दा नै आफूले अलोकतान्त्रिकलाई लोकतान्त्रिक बनाएर शान्तिको बाटोमा ल्याएको भन्नुभएको स्मरण गर्दै त्यतिबेलादेखि नै काँग्रेसको माओवादीसँग गठबन्धन सुरु भएको बताए । 



उनले नेपालको वर्तमान संविधान जोगाउन र नेपालको विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताए । समाजसेवी र जनताको घरघरमा पुग्ने व्यक्तिले चुनाव जित्ने गरी वातावरण सिर्जना गरेर राष्ट्र बचाउनुपर्ने आजको मुख्य मुद्दा बनेको बताउँदै उनले गठबन्धनका उम्मेदवारलाई मत दिएर लोकतन्त्रको रक्षा गर्न पनि मतदाताहरूसँग आग्रह गरे ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।