बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा गठबन्धनको दुई घण्टा : ओलीको आलोचना, प्रदेश राजधानीको एजेण्डा

शनिबार, २४ वैशाख २०७९, १७ : १४
शनिबार, २४ वैशाख २०७९

सत्तारुढ गठबन्धनका केन्द्रीय नेताहरूले नेकपा एमालेका अध्यक्ष केपी ओलीको शक्ति कमजोर पार्नुको लागि आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । बुटवलमा आज भएको  गठबन्धनको आम सभामा बोल्दै नेताहरूले गठबन्धनका उम्मेदवारहरूलाई जिताउनु अहिलेको  राष्ट्रिय आवश्यकता रहेको बताएका हुन् । 

गणतन्त्रमा विश्वास नराख्ने ओलीले पटक पटक संसद् भङ्ग गर्ने गलत काम गरेको जिकिर गर्दै उनीहरुले गठबन्धनका उम्मेदवारहरू भोट हालेर देशमा स्थिरता  कायम गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । ओलीको अत्याचार रोक्न पाँच दलीय गठबन्धन बनेको  प्रस्टाउँदै  गठबन्धनमा एक पार्टीलाई मत दिने मात्र नभई लिने पनि भएको बताउँदै कार्यकर्ताहरूलाई  ढुक्क  भएर लाग्न निर्देशनसमेत दिएका थिए दिएका थिए । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवादेखि एकीकृत समाजवादी पार्टीकी सचिव  रामकुमारी झाँक्रीसम्मले ओली कामको चर्को आलोचन गरेका थिए ।  

एमालेको गढ मानिने बुटवलमा  गठबन्धन दलका स्थानीय नेताहरू नेताहरूको टिम  हेलिकप्टर चढेर  सभालाई सम्बोधन गर्न आएका थिए ।  कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक अधिकारको संरक्षण गर्न र गणतन्त्रलाई संस्थागत गरी स्थायित्व दिनका लागि आफूहरूले गठबन्धन गरेको जिकिर गर्दै ओलीको अत्याचार भएपछि गठबन्धन गर्नु परेको बताएका थिए । 

उनले अमेरिकी सहयोग परियोजना एमसीसी अनुदान भएको भन्दै अन्य देशसँग पनि अनुदान सहयोग लिएर देशको विकास गर्दा  फाइदा हुने बताएका थिए । उनले एमसीसी परियोजनाबाट रुपन्देहीको पनि विकास हुने बताए । 

यता नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान, संसदीय व्यवस्था, गणतन्त्र विरुद्ध ओली अघि बढेको भन्दै  संसद् अवरुद्ध गर्नेहरूलाई अब जनताले हराउनु पर्ने बताए । उनले लुम्बिनीको काखमा रहेको बुटवलमा विशेष खालको योजना बनाए अगाडि लैजानु पर्ने बताए । उनले बुटवलमा सुकुम्वासी समस्या समाधान लगायत यहाँ समस्याहरू  समाधान गर्नको लागि गठबन्धन दलहरूको सम्बोधन गर्न सक्ने बताए । 

गृहमन्त्री बालकृष्ण खाँणले जनआन्दोलनमा निभाएको क्रान्तिकारी भूमिकालाई हेरेर काँग्रेस नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको बताउँदै पछि एमालेले राजधानी दाङ पुर्‍याएको  बताए । उनले राजधानी सार्नेहरूलाई भोट दिने कि नदिने भन्ने प्रश्न बुटवलवासीलाई गरे । बुटवलको सुकुम्वासीलाई व्यवस्था गर्नको भूमि आयोग गठन भएको भन्दै सुकुम्वासी समस्या नभएर एउटा जटिलता मात्रै भएको बताए । उनले ७ दल र माओवादीबीच शान्ति सम्झौता भएदेखि नै गठबन्धनको संस्कृति सुरु भएको र ओलीले दुई पटकसम्म संसद् विघटन गरेपछि पुनः गठबन्धन भएको जिकिर गरे। 

त्यसपछि मञ्चमा आएकी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले राजनीतिमा स्थायित्वको प्रश्न गर्दा केपी ओली र उनका भजन मण्डलीको कारणले पार्टी विभाजन भएको पनि बताइन् । उनले संविधानलाई मिचेर संसद् विघटन  पटक–पटक गर्ने ओलीको  गफ सुनेर रमाइलो गर्ने अवस्था नभएको बताइन् । त्यस्तै नेकपा माओवादी केन्द्रका नेता चक्रपाणि खनाल ‘बलदेव’ ले २०७४ को स्थानीय निर्वाचनमा प्राप्त गरेको सिटमा केही सङ्ख्या वृद्धि गर्नका लागि मात्र आफूहरूले  गठबन्धन नभएको बताए । उनले दशकौँ देखिका जुनसुकै आन्दोलनबाट प्राप्त उपलब्धि गुम्न थालेपछि  यस्तो अवस्था आएको बताए । उनले केहीको सनकका कारण उपलब्धिहरू गुम्ने खतरा आएपछि  गठबन्धनमार्फत एउटा सन्देश दिन खोजिएको बताए ।

कार्यक्रम गठबन्धन तर्फ राष्ट्रिय जनमोर्चा नेता रश्मि राज नेपालीले देशलाई अगाडि लैजानको लागि अहिले गठबन्धन आवश्यक रहेको जिकिर गर्दै गठबन्धनबाट कतै पनि धोका हुन नहुने बताए । उनले जनताका अधिकार खोस्नेहरू शक्तिहरूलाई तल्लो तहबाट नै परास्त हुन  बताए । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप