बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

‘पुँजीगत खर्च गर्ने निकायहरू नै काम गर्न लायक छैनन्, संरचना नै परिवर्तन गर्नुपर्छ’

शनिबार, २४ वैशाख २०७९, १६ : ०४
शनिबार, २४ वैशाख २०७९

अर्थ राजनीतिक विश्लेषक हरि रोक्काले मुलुकको पुँजीगत खर्च गर्ने निकायहरू नै काम गर्न लायक नभएको बताएका छन् । काठमाडौँमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र सुधारका लागि संरचना नै परिवर्तन गरेर नयाँ बनाउनु पर्ने बताएका हुन् । 

रोक्काले नेपालबाट निर्यात हुने उद्योगहरूको भ्यालु एडिसन हुनु पर्ने बताए । उनले त्यस्ता उद्योगमा सामान्य मानिसहरूलाई रोजगारीको व्यवस्था गरे मात्रै मुलुकको आर्थिक उन्नति हुने बताए । रोक्काले हामीले आर्थिक वृद्धिदरको हिसाब गर्न छाड्नुपर्ने बताए । उनले भने, ‘हाम्रो जुन आर्थिक वृद्धि छ । त्यो आर्थिक वृद्धिको हिसाबकिताब गर्न छाडिनु पर्छ। हाम्रो आर्थिक वृद्धि दरलाई आयात रेटसँग कहिले पनि तुलना गरेर गर्न सकिरहेका छैनौँ । त्यसलाई छाडि दिने हो वा कम गर्ने हो भने मात्रै वृद्धिदर ६,७ वा १० प्रतिशत हुन सक्छ । अर्थ मन्त्रालयलाई धेरै गाली गर्नु आवश्यक छैन ।’ 

‘हाम्रो अर्थतन्त्रको खर्च गर्ने संरचनामा नै समस्या छ । संरचनागत रूपमा नयाँ खालको परिवर्तन नगरी केही कुरा लागू हुँदैन । जस्तो अर्थमन्त्रीले हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च बढाउने भन्नुभएको थियो । तर त्यो कार्यान्वयन हुन सकेन,’ उनले थपे, ‘हाम्रो पुँजीगत खर्च गर्ने निकायहरू काम गर्न लायक नै छैनन् । कुनै मन्त्रालयले आफ्नो कोटा पूरा गर्दैन । नेपालको कार्पेटको भ्यालु एड हुँदैन । गार्मेन्टमा अझ उत्पादन छ । कपडा , सिलाउने, सिउने मेसिन बाहिरबाट आउँछ । यहाँ एउटा लगानीकर्ता र घरभाडा मात्रै प्राप्त गर्ने हो । मुख्य निर्यात वस्तुको यस्तो अवस्था छ । हाम्रो त्यस्तो खालको अर्थतन्त्र वृद्धि ग¥यो भने पनि सामान्य मान्छेको वृद्धि हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप