शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आर्मीको महिला भलिबल टोलीलाई पहिलो पटक उपाधि

शनिबार, २४ वैशाख २०७९, १५ : ५३
शनिबार, २४ वैशाख २०७९

 विभागीय टोली त्रिभुवन आर्मी क्लबले महिला भलिबलको इतिहासमै पहिलो पटक उपाधि जितेको छ । एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियन्ससिपको महिलातर्फको उपाधि आर्मीले जितेको हो ।
आर्मीले फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको छैटौं संस्करणको उपाधि आफ्नो पक्षमा पारेको छ ।

आर्मी र पुलिसको समान ९ अक भएपछि आर्मीले पुलिसभन्दा बढी सेट जितेका कारण उपाधि उचाल्न सफल भयो । आर्मी क्लबले पहिलाे पटक महिला भलिबलकाे उपाधि जितेकाे हाे । यसअघि आर्मी क्लबले  कुनै राष्ट्रियस्तरको प्रतियोगिताको उपाधि जितेको थिएन ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनलमा आर्मीले पुलिसलाई २५–१८, २५–२३, २५–२० को सेटमा पराजित गर्यो । उपाधिसँगै आर्मीले ६ लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै, उपविजेता बनेको पुलिसले ३ लाख प्राप्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप