मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

रुसी सेनाको कब्जाबाट पाँचवटा गाउँ पुनः फिर्ता : युक्रेनी सेना

शनिबार, २४ वैशाख २०७९, १५ : ५१
शनिबार, २४ वैशाख २०७९

युक्रेनले खार्किभ सहरनजिकै रुसी सेनाविरुद्ध प्रतिआक्रमण जारी राखेको जनाएको छ । युक्रेनले पाँचवटा गाउँ पुनः कब्जा गरेको जनाएको छ । युक्रेनीहरूले चाँडै खार्किभलाई रूसी तोपखानाको खतराबाट मुक्त गर्न सक्ने अमेरिकास्थित एउटा युद्ध अध्ययन संस्थानले जनाएको छ । 

यसैबीच, पूर्वी बन्दरगाह सहर मारिओपोलको एजोभस्टल स्टिल कारखानाबाट शुक्रबार थप ५० सर्वसाधारणको उद्धार भएको छ ।  सो कारखानालाई रुसी सेनाले केही सातादेखि आफ्नो घेराबन्दीमा राखेको छ । यसअघि कारखानाभित्रको बंकरमा लुकेका ५ सय सर्वसाधारणको उद्धार भएका थियो । 

यसैबीच, रुसी सेनाविरुद्ध प्रतिकार गर्न अमेरिकाले थप १५० मिलियन डलर बराबरको सैन्य सहयोगको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो सहयोग घोषणा गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप