चुनावी रन्को : राष्ट्रियसभामा नमुना मतदान, तस्बिरमा हेर्नुहोस्

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीस्वरुप शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा नमुना मतदान भएको छ । काठमाडौं महानगरपालिकामा मतदानको समयमा कुनै पनि समस्या नआउन् भनेर तयारीस्वरुप नमुना मतदान गराइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सो क्रममा निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम समेत प्रदान गरिएको थियो । सो क्रममा मतदान कसरी गर्ने, मत बदर हुन नदिन के गर्ने भन्नेबारेमा जानकारी गराइएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, मतदाता, मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षा निकायका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
काठमाडौं महानगरपालिकाको मेयर पदमा मात्रै ५५ जनाको उम्मेदवारी परेको छ । मेयर पदमा पाँच दलीय गठबन्धनबाट काँग्रेसकी सिर्जना श्रेष्ठ उम्मेदवार रहेकी छन् भने एमालेबाट केशव स्थापित उम्मेदवार रहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार बालन शाहको पनि उस्तै चर्चा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि