आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एमाले सल्यान अध्यक्षमाथि कारबाही गर्न पार्टीभित्रैबाट दबाव

शनिबार, २४ वैशाख २०७९, १५ : ११
शनिबार, २४ वैशाख २०७९

एमाले सल्यानका अध्यक्ष गोविन्द पुनलाई तत्काल कारबाही गर्न पार्टीभित्रैबाट दबाव .बढेको छ । बनगाड कुपिण्डे नगरपालिकाको मेयरका उम्मेदवार समेत रहेका पुनले पार्टीभित्र हस्तक्षेपकारी र सिङ्गो पार्टीलाई क्षति पु¥याउने कार्य गरेको पार्टीका असन्तुष्ट पक्षका नेताहरुको दाबी छ । 

पुनले एमाले प्रदेश अध्यक्ष विनोद शाहको निर्देशनमा एमालेबाटै उपप्रमुखमा उम्मेदवार चम्फा पुरी (ओली)को उम्मेदवारी खोसेको आरोप लागेको छ । शुक्रबार पार्टीका वडा कमिटीदेखि पालिका कमिटीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै कारबाही गर्न माग गरेका छन् । विज्ञप्तिका भनिएको छ, ‘एमालेले प्रमुख र उपप्रमुख पदका उम्मेदवार सहित १२ वटै वडाध्यक्षका र आवश्यक सदस्यको संयुक्त रुपमा निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरिएको हो । प्रमुख पदका उम्मेदवार गोविन्द कुमार पुनले अलोकतान्त्रिक, हस्तक्षेपकारी, स्वेच्छाचारी तरिकाले, सिङ्गो पार्टीलाई नै क्षति हुने तरिकाले एकल निर्णय गरि पार्टीसँग गठबन्धन नभई प्रमुख व्यक्तिसँग गठबन्धन गरेकाले हाम्रो घोर आपत्ति छ ।’ 

साथै उनले अस्वभाविक मनोमानी पुर्ण कदमको विरोध गरेको विज्ञप्तिमा जनाइएको छ । कुपिण्डे नगरपालिका–८ कमिटीले पुनका कारण अपूरणीय क्षति पुगेको जनाएको छ । निन्दनीय व्यवहार गर्ने पुनलाई एमाले जिल्ला कमिटी अध्यक्ष पदबाट तत्काल कडाभन्दा कडा कारबाही माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यदि वडा कमिटीहरूको कदमको सम्बोधन नभएको खण्डमा हामी अप्राकृतिक निर्णय लिन बाध्य हुने छौं।’ यस्तै एमाले जिल्ला कमिटी सदस्य हुमदाद वली, वनगाड उपाध्यक्ष चूडामणि विक लगायतले पनि संयुक्त विज्ञप्ति निकालेर पुनलाई कारबाही गर्न माग गरेका छन्  ।

पुनले वैशाख १६ गते उपमेयरका उम्मेदवार पुरीको उम्मेदवारी बीना जानकारी नै खोसेका थिए । पुरीले १७ गते नै एक विज्ञप्ति जारी गर्दै  अलोकतान्त्रिक स्वेच्छाचारी र अराजनीतिक तरिकाले उम्मेदवारी फिर्ता गरेको भन्दै पुनलाई कारबाही गर्न माग गरेकी छन् । 

अघिल्लो सोमबार एमालेका विभिन्न जनवर्गीय संगठनहरुले समेत पुनको कार्यप्रति असन्तुष्टि जनाउँदै कारबाहीको माग गरेका थिए । नेपाल राष्ट्रिय शिक्षक संगठन, अनेमा संघ, युवा संघ लगायतले पुनको विरोधमा उत्रिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप