बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

हुम्लामा गठबन्धनमा आबद्ध दलका ‘बागी’ उम्मेदवारी फिर्ता गर्न निर्देशन

शनिबार, २४ वैशाख २०७९, १४ : ३५
शनिबार, २४ वैशाख २०७९

गठबन्धनमा आबद्ध दलका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न जिल्लास्तरका प्रमुख नेताले निर्देशन दिएका छन् । शनिवार विहान विज्ञप्ती जारी गर्दै स्थानीय निर्वाचनमा बागी उम्मेदवारी यथावत राखे पार्टीको विधानअनुसार कारवाही गर्न चेतावनी दिएको छ ।

गठबन्धनमा रहेका दलहरूद्वारा संयुक्त रुपमा प्रकाशित विज्ञप्तीमा भनिएको छ, ‘केन्द्रीय सत्ता गठबन्धनले स्थानीय निर्वाचन २०७९ मा समीकरण गरेर जाने निर्णय गरेका कारण आगामी ३० वैशाखको स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारले पार्टीको अधिकारी गठबन्धनलाई सहयोग नगरे पार्टीको साधारण सदस्यसमेत रहने छैनन् ।’

हुम्लामा ११ वैशाख ०७९ मा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच दुुई दलीय गठबन्धनको निर्णय भएको थियो । सोहीअनुसार जिल्लाका सातवटै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको उम्मेदवारी दर्ता भई निर्वाचनमा होमिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप