आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कमजोर भएर गठबन्धन बनाएका होइनौं : चक्रपाणी खनाल

शनिबार, २४ वैशाख २०७९, १३ : ५४
शनिबार, २४ वैशाख २०७९

नेकपा माओवादी केन्द्रका नेता चक्रपाणी खनाल ‘बलदेव’ ले आफूहरु कमजोर भएका कारण नभई विभिन्न आन्दोलनका उपलब्धिलाई जोगाउन गठबन्धन बनाउनु परेको प्रस्ट पारेका छन् । बुटवलमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूहरुले २०७४ को स्थानीय निर्वाचनमा प्राप्त गरेका सिटमा केही संख्या वृद्धि गर्नका लागि गठबन्धन नबनाएको दाबी गरे ।

‘यो गठबन्धन हामी कमजोर छौं र हाम्रा विरोधी भन्दा कमजोर भएका कारण पनि बनाएका होइनौं,’ उनले भने, ‘दशकौँ देखिका जुनसुकै आन्दोलनबाट प्राप्त उपलब्धि गुम्न थाले, केही सनकी आत्मा, केहीको सनकका कारण गुम्ने खतरा आयो, त्यसपछि यो गठबन्धनमार्फत एउटा सन्देश प्रवाह गर्न, स्थायित्व प्रदान गर्न खोजेका हौं ।’

संविधानलाई कार्यान्वयन गर्दै स्थायित्व प्रदान गर्न केही वर्ष गठबन्धन गरेरै अघि बढ्नुपर्ने आवश्यकता महसुस भएको र पाँच दलीय गठबन्धन अझै केही वर्ष कायमै रहने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप