आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रोमाञ्चकारी कथाले जनताको पेट भरिन्न : रामकुमारी झाक्री

शनिबार, २४ वैशाख २०७९, १३ : ३७
शनिबार, २४ वैशाख २०७९

संघीय मन्त्रीसमेत रहेकी नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाक्रीले कसैको रोमाञ्चकारी कथाले जनताको पेट नभरिने बताएकी छन् । बुटवलमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले केपी शर्मा ओलीले सुन्दा रोमाञ्चक लाग्ने तर व्यवहारमा पूरा नहुने कथा सुनाएर जनतालाई अल्मल्याएको बताइन् ।

उनले राजनीतिमा स्थायित्वको प्रश्न गर्दा केपी ओली र उहाँका भजन मण्डलीले व्यक्तिको स्थायित्व खोजेका कारण पार्टी विभाजन भएको पनि बताइन् । संविधानलाई मिचेर संसद विघटन गर्ने, जनताका अधिकार खोस्नेहरूलाई स्थानीय तहको निर्वाचनबाटै जनताले परास्त गर्नुपर्ने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप