शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डले मधेस पुगेर भने– ओलीले संविधान संशोधन गर्न दिएनन्

शनिबार, २४ वैशाख २०७९, १२ : ५२
शनिबार, २४ वैशाख २०७९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको चाहनाअनुसार संविधान संशाेधन गर्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताएका छन् ।  दोस्रोपटक प्रधानमन्त्री हुँदा दुई पटक संसद् सचिवालयमा संविधान संशोधन र परिमार्जनका लागि प्रस्ताव दर्ता गरेको तर ओलीका कारण छलफलै नभएको आरोप लगाए । 

‘तपाईंहरूलाई थाहा छ या छैन, मैले दोस्रो चोटी प्रधानमन्त्रीको भूमिका निर्वाह गर्दैगर्दा दुईपटक संविधान संशोधनको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थिएँ’, प्रचण्डले धनुषाको मिथिला पुगेर शनिबार भने, ‘ र, त्यो संशोधन र परिमार्जनको प्रस्ताव के कारणले सफल हुन सकेन ?  तपाईंहरूलाई थाहा छ या छैन । म तपाईंहरूलाई भन्न चाहन्छु, केपी ओलीकै कारणले संविधान संशोधन हुन सकेन । परिमार्जन हुन सकेन ।’

प्रचण्डले मधेस जनताको हक अधिकारको निम्ति र मधेसको विकाससँगै समृद्धि तथा विकासका लागि पाँच दलीय गठबन्धन बनाएको प्रष्ट पारे ।  उनले संविधान, गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था र जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न पनि गठबन्धन अनिवार्य रहेको बताए ।  गठबन्धनको पक्षमा देशभरी लहर आएको पनि दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप