रुसमाथि प्रतिबन्ध बढ्न थालेसँगै कच्चा तेलको मूल्य उकालो
रुसमा उत्पादन हुने सबैखाले पेट्रोलियम पदार्थको आयात प्रतिबन्ध लगाउने बहस सुरू भएसँगै विश्वबजारमा कच्चा तेलको मूल्य बढ्न थालेको छ । युरोपियन युनियनमा रुसबाट आउने सबै खाले तेलमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल अघि बढेको थियो ।
युरोपियन युनियनका अध्यक्षले युरोपियन आयोगको संसदमा उक्त प्रस्ताव गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पुनः उकालो लाग्न थालेको हो । यही वर्षको मार्च महिनातर्फ कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० अमेरिकी डलर पुगेको थियो ।
त्यसपछि, विस्तारै घटेर प्रतिब्यारेल १०० अमेरिकी डलरतर्फ आइपुगेको कच्चा तेलको मूल्य पुनः उकालो लागेको हो । रुसको तेलमाथि पूर्ण प्रतिबन्ध लगाउँदै अर्थतन्त्र धरासायी बनाउने प्रस्तावसँगै मूल्य उकालो लागिरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११२ अमेरिकी डलर पुगेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य ११२ रुपैयाँमा पुग्दा डब्लूटीआई कच्चा तेल १०९ अमेरिकी डलर प्रतिब्यारेल पुगेको छ । कच्चा तेलको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट निर्माणको बेला कर्णालीको एउटा मन्त्रालय मन्त्री विहीन, एक सचिव विहीन
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
लुम्बिनीमा पहिलो आवधिक योजनाको लक्ष्य प्राप्त भएन
-
यी चार प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने