वीरेन्द्रनगरकी उपप्रमुख उम्मेदवार ढकाल चढ्ने गाडीमा आगजनी
वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख शान्ति ढकाल चढ्ने गाडीमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको छ । काँग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रहेकी ढकाल चढ्ने बा १४ च ६८३१ नम्बरको स्कोर्पियो गाडीमा अज्ञात समूहले आगजनी गरेको हो ।
वीरेन्द्रनगर नगरपालिका–६ को मुख्य बजार क्षेत्रमा रहेको सत्कार होटलअगाडि पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले आगजनी गरेको हो । त्यस्तै, जुम्ला रोडस्थित सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२–००१ ख ००६१ नम्बरको मिनी बसमा पनि शुक्रबार राति आगजनी भएको छ । मिनी बस एमालेको चुनाव प्रसारप्रचारमा प्रयोग हुँदै आएको थियो ।
आगजनीबाट स्कर्पियोको टायर र बाहिरी भागमा क्षति भएको छ भने मिनी बसको सिसा र भित्र सिटहरुमा क्षति भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक पदमबहादुर विष्टले बताए ।
शंकास्पद पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक बिष्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान