सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

लयमा फर्कँदै अमेरिकी अर्थतन्त्र, एकै महिना थपियो ४ लाख २८ हजार रोजगारी

शनिबार, २४ वैशाख २०७९, ११ : २०
शनिबार, २४ वैशाख २०७९

कोरोना महामारीले शिथिल बनेको अमेरिकाको रोजगार बजारमा अप्रिल महिनामै ४ लाख २८ हजार रोजगारी थपिएको छ । महामारीबाट थलिएको विद्युतीय बजार लयमा आएसँगै रोजगारी थपिएको हो । समाचार संस्था सिएनएनका अनुसार रोजगारीको संख्या अझै बढ्न सक्ने उल्लेख गरेको छ । मार्चमा पनि अप्रिल महिनाकै संख्या आसपासमा रोजगारी थपिएको थियो । रोजगारीको संख्या बढ्न थालेसँगै अमेरिकाको अर्थतन्त्र पुरानै लयमा फर्किएको आँकलन गरिएको छ ।

कोरोना महामारीपछि मात्रै अमेरिकाको रोजगार बजारमा १.२ मिलियन रोजगारी थपिएको छ । जबकी, कोरोना महामारी व्यापकरूपमा फैलिइरहेको समयको दुई महिनामै २२ मिलियनको रोजगारी खोसिएको थियो ।

यससँगै अमेरिकाको बेरोजगारी दर समेत इतिहासकै न्यूनस्तरमा पुग्ने अपेक्षा गरिएको थियो । तर, पूर्वअनुमान विपरित बेरोजगारी दर कोभिड पहिलेभन्दा थोरै मात्रै खस्कियो । कोरोना अघि ३.५ प्रतिशतमा रहेको बेरोजगारी दर कोभिडपछि ३.६ प्रतिशतमा पुगेको छ । जुन, पूर्व अनुमानभन्दा राम्रो हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप