आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

धर्मेन्द्रको पार्टीको राजनीतिक कार्यदिशा आहुतिकोसँग मिल्दोजुल्दो !

शनिबार, २४ वैशाख २०७९, ११ : १४
शनिबार, २४ वैशाख २०७९

नवगठित नेकपा (बहुमत) पार्टीले ‘वैज्ञानिक समाजवादी क्रान्ति’को राजनीतिक कार्यदिशा तय गरेको छ । एकीकृत जनक्रान्तिको कार्यदिशालाई खारेज गरेको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–क्रान्तिकारी माओवादीबाट अलग भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा गठन गर्दै एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा तय गरेको थियो । 

तर, चितवन भेलाबाट ‘विप्लव’लाई हटाएको केही दिनमै नेकपा (बहुमत) पार्टी गठन गर्दै उक्त पार्टीका संयोजक बनेका नेता धर्मेन्द्र बास्तोलाले ‘वैज्ञानिक समाजवादी क्रान्ति’को कार्यदिशा अघि सारेका हुन् ।  यही राजनीतिक कार्यदिशामा टेकेर पुँजीवादी क्रान्तिको सम्पूर्ण चरण पूरा गर्दै सर्वहारा वर्गको अधिनायकत्व स्थापना गरेर अन्ततः समाजवादसम्म पुग्न सकिने उक्त पार्टीले संश्लेषण गरेको छ ।

बाँस्तोलाको पार्टीको यो राजनीतिक कार्यदिशा भने विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीको कार्यदिशासँग मेल खाने देखिन्छ ।  किनभने आहुतिको पार्टीको पनि कार्यदिशा ‘वैज्ञानिक समाजवाद’ हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप