बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

साताको सेयर बजार– तीन दिन मात्रै कारोबार भएको नेप्से ११७ अंक घट्यो

शनिबार, २४ वैशाख २०७९, १० : ३६
शनिबार, २४ वैशाख २०७९

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ठूलो गिरावट आएको छ । साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्रै खुलेको नेप्सेमा ११७ अंकको गिरावट आएको हो । अघिल्लो साताको अन्तिम कारोबार दिनमा नेप्से परिसूचक २३५६.१७ अंकमा थियो । जुन, यो साताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा ५ प्रतिशतले घट्दै २२३८.६२ अंकमा आइपुगेको हो ।

यस सातामा सोमबार, बुधबार र विहीबार मात्रै सेयर कारोबार भयो । आइतबार र मंगलबार सार्वजनिक विदा परेकाले कारोबार बन्द रह्यो । पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजारले यस सातापनि घट्दो लयलाई पछ्याएको हो ।

सेयर बजार परिसूचक निरन्तर घट्न थालेपछि नेप्सेमा बाइ प्रेसर बढ्न थालेको छ । यससँगै ३ कारोबार दिनमा ४ अर्ब ३५ करोड रुपैयाँ हाराहारीको कारोबार भएको छ । यो दैनिक औषतमा १ अर्ब ४५ करोड रुपैयाँको कारोबार हो ।

यस्तै, निरन्तर घटिरहेको सेयर बजारको पूँजीकरण पनि घट्दो स्थितीमा छ । करिब ४४ खर्ब रुपैयाँ पुगेको नेप्सेको पूँजीकरण अहिले ३१ खर्ब रुपैयाँमा आइपुगेको छ । परिसूचक ११७ अंकले घट्दा यसै साता पूँजीकरण १ खर्ब ६६ अर्ब रुपैयाँले घटेको छ ।

सातामा कारोबारमा आएका १३ वटै समूहमा गिरावट आएको छ । यीमध्ये वित्त समूहमा सबैभन्दा धेरै गिरावट आएको छ भने म्युचुअल फण्ड समूहमा कम गिरावट आएको छ । वित्त समूह ८.९४ प्रतिशतले घटेको छ भने म्युचुअल फण्ड सबैभन्दा कम १.९३ प्रतिशत घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप