सम्झौताको लागि रुस आक्रमणपूर्वको अवस्थामा फर्कनु पर्छः राष्ट्रपति जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको कुनै पनि शान्ति सम्झौता रुसी सेना युक्रेनमा आक्रमणअघिको स्थितिमा फर्किने विषयमा निर्भर हुने बताएका छन् । लन्डन थिंक ट्यांकसँगको अन्तवार्तामा राष्ट्रपति जेलेन्स्कीले आफू मिनि युक्रेनको नभई युक्रेनको नेता भएको बताए । तर, उनले सन् २०१४ मा रुसमा बिलय भएको क्रिमियाबारे भने केही उल्लेख गरेनन् ।
रुसले पूर्वी बन्दरगाह शहर मारिओपोललाई पूर्ण नियन्त्रणका लागि संघर्ष गरिरहेको छ । त्यहाँको एउटा काराखानामा अझै पनि सर्वसाधारण नागरिक फसेका छन् । कारखानालाई रुसी सेनाले लामो समयदेखि घेराबन्दीमा राखेका छन् ।
मारिओपोललाई युक्रेनबाट पूर्ण रुपमा कब्जा गर्न सकेकमा दुई महिनाको युद्धमा रुसका लागि सबैभन्दा ठूलो उपलब्धि हुनेछ । तर, राष्ट्रपति जेलेन्स्कीले रूसले युक्रेनमा आक्रमण गरेपछि उसले जितेको क्षेत्र कब्जा गर्न नसक्ने बताए । युद्ध सुरु हुनुअघिल्लो दिनलाई उल्लेख गर्दै उनले भने, ‘रूस र युक्रेन बीचको युद्ध रोक्नको लागि २३ फेब्रुवरीसम्मको स्थिति पुनः प्राप्ति गर्न कदम चाल्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत
-
न्यायाधीश नियुक्तिमा एक अर्कालाई देखाएर पन्छिँदै