चुनाव चिन्ह विवादमा पक्राउ परेका अटेरीका खड्का धरौटीमा छुटे
शनिबार, २४ वैशाख २०७९, ०६ : ३६
निर्वाचन आयोगले आफूले रोजेअनुसार चुनाव चिन्ह नदिएको विवादमा पक्राउ परेका अशोक खड्कालाई धरौटीमा रिहा गरिएको छ । अटेरी अभियानको समर्थनमा उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयअघि लौरो चुनाव चिन्ह पाएपछि निर्वाचन अधिकृतलाई नै लौरो बर्साउने चेतावनी दिएका थिए ।
पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएको अटेरी अभियानका उम्मेदवारले सुरुमा लौरो चिन्ह रोजेका थिए । तर, आयोगले लौरो चिन्ह दिन नमिल्ने बताएपछि खड्कासहितको टोलीले निर्वाचन अधिकृत कार्यालय अघि पुगेर प्रदर्शन गरेका थिए ।
उनले चुनावी आचारसंहिता उल्लंघन गरेको भन्दै प्रहरीले भोलिपल्टै पक्राउ गरेको थियो । शुक्रबार उनलाई ५ हजार ५ सय ५५ रुपैयाँ धरौटीमा रिहा गरिएको कास्की प्रहरीले जनाएको छ । जिल्ला अदालत कास्कीले खड्कालाई रिहा गर्न आदेश दिएको हो । अटेरीबाट उम्मेदवारी भने गनेश पौडेल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी