मुम्बईको दोस्रो जित, शीर्ष स्थानको गुजरात पराजित
इतिहासकै खराब लयमा रहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दा शीर्ष स्थानको गुजरात टाइटन्सलाई ५ रनले पराजित गरेको छ । शुक्रबार राति मुम्बईले दिएको १७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर मात्र १७२ रन बनाउन सक्यो ।
गुजरातका लागि रिद्धिमान साहले सर्वाधिक ५५ रन तथा सुबमन गिलले ५२ रनको योगदान गरे । मुम्बईका मुरुगान आश्विनले २ विकेट लिए । त्यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १७७ रनको योगफल तयार पा-यो।
मुम्बईका लागि इशान किसनले ४५ रन बनाए । यस्तै, टिम डाभिड ४४ र कप्तान रोहित शर्माले ४३ रन बनाए । गुजरातका राशिद खानले २ विकेट लिए । जितसँगै मुम्बई १० खेलबाट ४ अंक जोडेर पुछारमा छ । पराजित गुजरातले ११ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा यथावत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रमको प्राथमिकता पेस गरिने
-
दिगो विकासका लक्ष्य प्राप्तिमा नेपाललाई स्वीडेनले सघाउने
-
तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अङ्क बाँडे
-
कोलकातासँगको खेल वर्षाले प्रभावित भएपछि गुजरातको प्लेअफ सम्भावना सकियो
-
कांग्रेस नेता र प्रधानमन्त्रीबिच बालुवाटारमा छलफल
-
पोखरामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’