मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

धनुषा एमालेका कार्यकर्ता काँग्रेसमा प्रवेश

शुक्रबार, २३ वैशाख २०७९, २२ : २९
शुक्रबार, २३ वैशाख २०७९

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टी परित्याग गरी अन्य पार्टीमा प्रवेश गर्ने क्रम जारी रहेको छ । यस्तैमा धनुषाको मिथिला नगरपालिकामा नेकपा एमाले परित्याग गरी स्थानीय नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

एमालेमा असन्तुष्ट रहेका नेता तथा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेको बताइएको छ । एमालेबाट हरिनारायण महतोलाई मिथिला नगरपालिकाको मेयरको टिकट नदिएपछि उनीहरु असन्तुष्ट भएका थिए । एमालेको मिथिला नगर समिति सदस्य भगलु महतो, रामउदगार महतो, लक्ष्मण राय कुर्मी, महेन्द्र महतो काँग्रेसमा प्रवेश गरेका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका मुजिम राइन, लोकतान्त्रिक समाजवादी पार्टीका सत्रुधन महतोले पनि काँग्रेसमा प्रवेश गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?