शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

शहिदनगर नगरपालिकाका मेयरका उम्मेदवारले सार्वजनिक गरे चुनावी प्रतिबद्धता पत्र

शुक्रबार, २३ वैशाख २०७९, २२ : २४
शुक्रबार, २३ वैशाख २०७९

नेकपा माओवादी केन्द्र शहिदनगर नगरपालिकाका मेयरका उम्मेदवार उदय बरबरियाले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । बरबरियाले शुक्रबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । सो प्रतिवद्धता पत्रमा निःशुल्क रगत व्यवस्थापनदेखि सिंचाई, विद्युत महशुलमा किसानलाई ५० प्रतिशत अनुदान दिने सम्मको योजना सार्वजनिक गरिएको छ ।

प्रतिबद्धता पत्रमा गरिब, दलित, किसान र मजदुरका लागि स्वास्थ बिमा अनिवार्य लागू गरिने र निःशुल्क जाँच तथा स्वास्थ्य उपचार सेवा पाउने उल्लेख छ । साथै प्रत्येक वडामा प्राथमिक स्वास्थ्य केन्द्र र नगर एम्बुलेन्ससँगको सहकार्यमा जोड दिइने दाबी समेत प्रतिवद्धता पत्रमा उल्लेख छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप