प्रधान सेनापतिद्वारा स्नाइपर प्रतियोगिताको निरीक्षण
प्रधान सेनापति प्रभुराम शर्माले शुक्रबार काभ्रेपलाञ्चोकको रोहिणी भञ्ज्याङ्गस्थित फायरिङ्ग रेञ्जमा नेपाली सेनाद्वारा सञ्चालित ‘विशेष फौज बाहिनी स्नाइपर प्रतियोगिता’ को निरीक्षण गरेका छन् । सोही क्रममा उनले ३०० र ५०० मिटर रेञ्जमा स्नाइपर हतियारबाट फायरिङ्ग, ‘फक्स होल’ स्नाइपर मचान तथा विशेष फौज बाहिनी अन्तर्गतका युनिटहरूले प्रदर्शन गरेका विशेष अपरेशनसम्बन्धी कारबाहीको अवलोकन गरेका थिए ।
सो अवसरमा प्रधान सेनापति शर्मालगायत नेपाली सेनाका रथीवृन्दहरूको सहभागितामा पेस्तोलबाट फायरिङ्ग प्रतियोगिता सञ्चालन भएको थियो भने उनीहरूले स्नाइपर तथा अन्य विभिन्न हतियारबाट फायरिङ्ग अभ्याससमेत गरेका थिए । फायरिङ्ग प्रतियोगितामा उत्कृष्ट हुन सफल सकलदर्जालाई प्रधान सेनापति शर्माले पुरस्कार वितरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निरीक्षण भ्रमणको दौरान प्रधान सेनापति शर्माले आजै नगरकोटस्थित नेपाली सैनिक वार कलेजको निरीक्षण गरेर उक्त वार कलेजको वस्तुस्थिति, तालिम गतिविधिलगायत विविध पक्षबारे जानकारी हासिल गरी सकलदर्जालाई सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?