समृद्धि र विकासका लागि काँग्रेस गण्डकी प्रदेशको संकल्प सार्वजनिक

नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा शान्ति, स्थिरता र समृद्धि हासिल गर्नका लागि गण्डकी प्रदेशको सङ्कल्प सार्वजनिक गरेको छ । काँग्रेस गण्डकी प्रदेश समितिको कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच काँग्रेसका केन्द्रीय सदस्य एवम् मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा लगायतले सामूहिकरुपमा सङ्कल्प पत्र सार्वजनिक गरेका हुन् ।
काँग्रेसले सङ्कल्पमा पाँच वर्षका लागि विभिन्न ३० वटा प्रतिबद्धता व्यक्त गरेको छ भने १० वर्षका लागि १० प्रतिबद्धता व्यक्त गरेको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, मानव संशाधन, रोजगारीलगायत क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको काँग्रेसले पाँच वर्षे प्रतिबद्धताव्यक्त गरेको हो । प्रत्येक वर्ष ५० हजार नयाँ रोजगाररस्वरोजगार सिर्जना गरिने उल्लेख गर्दै प्रतिव्यक्ति आय एक हजार १९२ डलरबाट तीन हजार डलर पु¥याउने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । प्रदेशको अन्तराष्ट्रिय व्यापार दोब्बर बनाउने उल्लेख गर्दै काँग्रेसले निजी क्षेत्रमैत्री नीति तर्जुमा गरी निजी लगानी तथा सार्वजनिक निजी लगानी प्रवर्द्धनलगायत विषयलाई सङ्कल्पमा समेटेको छ ।
प्रदेशमा सुशासन प्रत्याभूत गराई भ्रष्टाचारलाई पूर्ण नियन्त्रणलगायत विषय पाँच वर्षे प्रतिबद्धतामा छन् । काँग्रेसले १० वर्ष १० प्रतिबद्धतामा आर्थिक र मानव विकास सूचकाङ्कमा पहिलो प्रदेश बनाउने उल्लेख गरेको छ । बेरोजगारी दुई प्रतिशतमा झार्ने, निरपेक्ष गरिबी ११.५ बाट शून्य प्रतिशतमा झारिने कांग्रेसले जनाएको छ । लुम्बिनी, मुक्तिनाथ हुँदै कैलाश पर्वत जोड्ने छोटो दूरीको सुविधायुक्त सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको समृद्धिका लागि अघि सारिएको सङ्कल्प महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे । काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सङ्कल्पमा उल्लेखित विषयलाई कार्यान्वयनमा लैजाने विषयमा पार्टी नेतृत्व लाग्ने विश्वास व्यक्त गरे । उक्त अवसरमा पार्टी गण्डकी प्रदेश समितिका उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय किरणबाबु श्रेष्ठ र विष्णु लामिछानेले प्रदेशको आवश्यकता र सम्भावनालाई दृष्टिगत गरी सङ्कल्पपत्र तयार गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा क्षेत्रमा भएको विवाद समाधान गर्न एमालेकाे माग
-
पाकिस्तानविरुद्ध भारतीय फास्ट बलर शामीले बनाए यस्तो खराब रेकर्ड
-
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा
-
एनआरएनए विवादमा सर्वोच्चको दुई पत्र : शेष घलेलाई कार्यालय बुझाउन निर्देशन (पत्रसहित)
-
माओवादीले भन्यो– रोम जलिरहेको छ, निरो बाँसुरी बजाइरहेको छ
-
मानव र वन्यजन्तु द्वन्द्व घटाउन कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान