शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनले एमालेलाई कमजोर पार्न सक्दैन : अध्यक्ष ओली

शुक्रबार, २३ वैशाख २०७९, २१ : १७
शुक्रबार, २३ वैशाख २०७९

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनले स्थानीय तहको निर्वाचनमा एमालेलाई कमजोर पार्न नसक्ने जिकिर गरेका छन् । रौतहट सदरमुकाम गौरमा शुक्रबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको नेतृत्वमा सरकार गठन भएदेखि गठबन्धनले एमालेलाई गाली गर्नु बाहेक कुनै काम नगरेको आरोप लगाए ।

उनले रौतहटको विकासलाई पछाडि पार्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बाधक बनेको आरोप लगाए । रौतहटसँग आफ्नो भावनात्मक र प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले जिल्लाको विकासमा आफूले महत्वपूर्ण योगदान दिएको दाबी गरे । 

एमाले स्थायी समिति सदस्य प्रभु साहले एमालेले मात्रै मधेसको विकास गर्न सक्ने जिकिर गरे । मधेस प्रदेश सरकारले सङ्घीयता र समावेशीताको आधारमा केही गर्न नसकेको आरोप लगाउँदै एमालेको नेतृत्वमा देश र मधेस समृद्ध हुने उनले बताए । आजै अध्यक्ष ओलीले एमालेद्वारा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित चुनावीसभासमेतलाई सम्बोधन गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप