शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुरामा एकीकृत समाजवादी र काँग्रेस कार्यकर्ताबीच झडप

कुकुर हिर्काएको निहुँ, २३ राउण्ड हवाई फायर
शुक्रबार, २३ वैशाख २०७९, २१ : १०
शुक्रबार, २३ वैशाख २०७९

बाजुराको बुढीनन्दा नगरपालिका–९ स्थित पाण्डुसैनमा एकीकृत समाजवादी पार्टी र नेपाली काँग्रेसका कार्यकर्ता बीचमा झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ राउण्ड हवाई फायर र ३ सेल अश्रुग्याँस प्रहार गरेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले रातोपाटीलाई बताए । 

सदरमुकामबाट ३० किलोमिटर टाढा चुनाव प्रचारको क्रममा काँग्रेसको प्रचार टिमसँग हिँडेको कुकुरलाई हिर्काएको निहुँमा झडप शुरु भएको थियो । झडपमा समाजवादीका दुईजना, नेपाली काँग्रेसका ३ जना र १० जना प्रहरी सामान्य घाइते भएका छन् । 

शुरुमा अस्थायी प्रहरी पोष्ट पाण्डुसेनले स्थिती नियन्त्रणमा लिने प्रयास गरेको थियो । अहिले जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली परिचालन गरिएको सहायक प्रजिअ विष्टले बताए । बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल र डीएसपी चतुर्भुज ओझा पनि घटनास्थलमा पुगेका छन् । अहिले स्थिति नियन्त्रणमा आएको छ । 

जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार एसएलआरबाट १५ राउण्ड र थ्रिनट थ्री पेस्तोलबाट  ८ राउण्ड हवाई फायर गरिएको छ ।  एकीकृत समाजवादीका पुर राउतको हातमा चक्कुको चोट छ । अर्का एकजनाको टाउकोमा चोट लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप