बाजुरामा एकीकृत समाजवादी र काँग्रेस कार्यकर्ताबीच झडप
बाजुराको बुढीनन्दा नगरपालिका–९ स्थित पाण्डुसैनमा एकीकृत समाजवादी पार्टी र नेपाली काँग्रेसका कार्यकर्ता बीचमा झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ राउण्ड हवाई फायर र ३ सेल अश्रुग्याँस प्रहार गरेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले रातोपाटीलाई बताए ।
सदरमुकामबाट ३० किलोमिटर टाढा चुनाव प्रचारको क्रममा काँग्रेसको प्रचार टिमसँग हिँडेको कुकुरलाई हिर्काएको निहुँमा झडप शुरु भएको थियो । झडपमा समाजवादीका दुईजना, नेपाली काँग्रेसका ३ जना र १० जना प्रहरी सामान्य घाइते भएका छन् ।
शुरुमा अस्थायी प्रहरी पोष्ट पाण्डुसेनले स्थिती नियन्त्रणमा लिने प्रयास गरेको थियो । अहिले जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली परिचालन गरिएको सहायक प्रजिअ विष्टले बताए । बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल र डीएसपी चतुर्भुज ओझा पनि घटनास्थलमा पुगेका छन् । अहिले स्थिति नियन्त्रणमा आएको छ ।
जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार एसएलआरबाट १५ राउण्ड र थ्रिनट थ्री पेस्तोलबाट ८ राउण्ड हवाई फायर गरिएको छ । एकीकृत समाजवादीका पुर राउतको हातमा चक्कुको चोट छ । अर्का एकजनाको टाउकोमा चोट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण