शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एन्फा निर्वाचन : गण्डकी प्रदेशबाट ६ जिल्लालाई मताधिकार

शुक्रबार, २३ वैशाख २०७९, २० : ३६
शुक्रबार, २३ वैशाख २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत गण्डकी प्रदेश फुटबल संघले केन्द्रीय निर्वाचनका लागि प्रदेशबाट मताधिकार प्राप्त गर्ने ६ जिल्लाको टुङ्गो लगाएको छ । संघको शुक्रबारको बैठकले प्रदेशका ८ जिल्ला फुटबल संघ मध्येबाट ६ जिल्लाले प्राप्त गर्ने मताधिकारको टुङ्गो लगाएको हो ।

बैठकले संघको केन्द्रीय निर्वाचनका लागि तनहुँ, स्याङ्जा, लमजुङ, मनाङ, नवलपुर र बागलुङलाई मताधिकारका लागि छनोट गरेको छ । प्रदेश अन्तर्गतका कास्की र गोरखा मताधिकारबाट बञ्चित हुने भएका छन् । एन्फाले गण्डकी प्रदेशका ८ जिल्ला फुटबल संघमध्ये ६ जिल्ला फुटबल संघले मात्र मताधिकारसहित प्रतिनिधित्व गर्ने भएकाले वैशाख २४ गतेभित्र प्रतिनिधित्व गर्ने ६ जिल्लाको नाम पठाउन निर्देशन दिएको थियो । एन्फाको केन्द्रीय निर्वाचन असार ६ गते हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप